काठमाडौं । लामो समयदेखि हराईरहेकी एक किशोरी फेला परेकी छिन् । मर्निङ वाकमा जाँदा हराएकी १६ वर्षीया किशोरी फेला परेकी हुन् । दुबईमा रहँदै आएकी भारतीय प्रवासी हरीनी करानी दुबई प्रहरीको सहयोगमा सुरक्षित घर फर्किएको उनको परिवारले खलीज टाइम्सलाई जानकारी दिएको छ ।

खलीज टाइम्सको खबर पुष्टि गर्दै हरिनीकी आन्टी प्रेरणाले बिहीबार दिउँसो साढे ११ बजे सुरक्षित रूपमा घर आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उनलाई भेट्यौं, दुबई प्रहरीलाई धन्यवाद । उनी सुरक्षित छिन र छिमेकमा फेला परिन् । हामीले धेरै राहत पाएका छौं ।’

दुबईको जीईएमएस फाउन्डर्स विद्यालयमा कक्षा ११ मा अध्यनरत उनी बिहान ६ बजे मर्निङ वाकमा निस्केर नआएपछि परिवारले हराएको हुनसक्ने दावा गरेको थियो । बिहान ९ बजे सम्म घर नआएपछि उनका आमाबुवाले ९९९ मा फोन गरेर प्रहरीलाई जानकारी दिनुभयो ।

प्रहरीले घरमा आएर छोरी हराएको भन्ने परिवारको गुनासो दर्ता गर्यो । यस अघि उनका साथी र परिवारले फेसबुकमा यो कुरा पोस्ट गरेका थिए । फेसबुकमा राखिएको स्टाटसमा भनिएको थियो, ‘हरिनी ५ फिट अग्ली र लामो कपाल छ ।

उनी चश्मा लगाउँछिन् र कालो टीङशर्ट, कालो लेगिङ्ग्स लगाएकी छिन् । उनले आफ्नो मोबाइल साथमा लिन बिर्सेकी छिन् । उनको परिवारले उम्म् सुकीम २ क्षेत्रमा वरपर बस्ने मानिसहरूसँग सहयोगको अपील गरिरहेको छ ।

अल मानारा स्ट्रिट र अल थान्या स्ट्रीट बीच अल वसल सडकबीच उनको छोरी भेट्टाउन सहयोग गर्नुहोस् ।’ प्रहरीको सहयोगमा किशोरी घर फर्केपछि धन्यवादसहित अर्को फेसबुक पोस्ट राखियो ।

पछिल्लो पोष्टमा भनिएको छ, ‘धन्यबाद समुदाय, साथीहरू र हामीले घर बोलाउने यस ठाँउका परिवारलाई धन्यवाद । दुबई प्रहरीलाई विशेष धन्यवाद । हरीनी घरमा सुरक्षित छिन् । तपाइँहरु सबैले प्रार्थना गर्नुभएकोमा धन्यवाद । तपाईंको प्रेम र समर्थनका लागि हामी आभारी छौँ ।’ उनी कसरी हराइन् भन्ने कुरा खुलेको छैन ।

 

सम्बन्धित खबरहरु