काठमाडौं । संसद् पुनःस्थापना भएपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाउनु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।

आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको छ । गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिइसकेको छ ।

सम्बन्धित खबरहरु