काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । ओलीले आज पाँच बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको उहाँको सचिवालयले जानकारी दिएको छ । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गर्नुभएको थियो ।

तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो । सर्वोच्चले फैसलाको १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश पनि दिएको थियो ।

सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ । बिहीबार बेलुकामात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटघाट भएको थियो ।

सम्बन्धित खबरहरु