काठमाडौं । सत्तारुढ नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतक परिवर्तन गरेको छ । नेकपाले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

प्रदेश १ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गर्नुभएको हो । लामो समयदेखि कम्युनिष्ट राजनीतिमा लाग्नु भएका भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

सम्बन्धित खबरहरु