काठमाडौं । संसद् पुनःस्थापना गर्ने सर्वोच्व अदालतको फैसलापछि ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अर्को पार्टीसँग मिलेर केपी शर्मा ओली नेतृत्वमै नयाँ सरकार बन्नसक्ने बताउनु भएको छ ।

अनेरास्ववियुले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो कुरा उल्लेख गर्नुभएको हो । उहाँले ओली पक्षसँग धेरै सम्भावना भएको भन्दै जस्तोसुकै परिस्थिती आएपनि जान सक्ने दावा गर्नुभयो ।

उहाँले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित भएन,नयाँ सरकार बन्न सकेन र झमेला भइरह्यो भने मध्यावधि चुनावको सम्भावना पनि कायम रहेको बताउनु भएको छ । प्रचण्डतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘संसद पुनःस्थापना भएपछि मांसाहारी आन्दोलन गर्न पर्दैन भनेर खुसी भएर लड्डु खानुभयो ।

उहाँहरु आत्तिनुभएको थियो । निर्वाचन भएको भए आउने सम्भावना छैन । त्यसैले अब दुई बर्ष सांसद हुने भइयो भनेर खुसी हुनुभएको हो ।’ आफुहरु संसद र निर्वाचन दुवैतिर लड्न तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु