काठमाडौं । पछिल्लो समय बढ्दै गएको राजनीतिक विकासक्रमलाई लिएर प्रधानमन्त्री तथा सत्तारुढ नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीचको एक घण्टा लामो कुराकानी भएको छ । नेकपाभित्र प्रचण्ड–माधव र ओली पक्ष भइरहँदा नेता गौतम भने कतै नगाली एकता अभियानमा लाग्न भनेर छुट्टै समुह बनाएर हिड्नु भएको छ ।

नेता गौतम प्रधानमन्त्री ओलीलाई भेट्न आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । दुई नेताहरुबीच पार्टी एकतालाई जोगाउनेदेखि आगामी राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको जानकारी दिइएको छ ।

नेता गौतमले बिहीवार प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई उहाँकै निवास खुमलटार पुगेर भेट गर्नुभएको थियो । भेटमा नेकपाको बिवादको कारण प्रतिनिधिसभा बिघटन भएको र अदालतले सच्याएपछि अव पुनः मिल्न सक्ने अवस्था रहेको भन्दै एकतालाई जोगाउनु पर्ने प्रस्तावसहित आफू अध्यक्षका लागि तयार रहेको बताउनुभएको थियो ।

गौतमले तपाईहरु दुई जना अध्यक्ष मिल्नै सक्ने अवस्था छैन भने मलाई अध्यक्ष बनाएर पार्टी एकता कायम राखौं भन्ने प्रस्ताव गर्नुभयो । प्रचण्डसँग छलफल गरेको भोलिपल्ट गौतमले आज बालुवाटार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटनु भएको हो ।

सम्बन्धित खबरहरु