काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाग्लुङ्का सुरेश न्यौपानेलाई सिन्धुली सरुवा गरिएको छ ।

गोरखाबाट तीर्थराज भट्टराईलाई महोत्तरीमा सिन्धुपाल्चोकबाट उमेशकुमार ढकाललाई प्रजिअ सुनसरीमा पठाइएको छ भने सुनसरीका प्रजिअ फिणिन्द्रमणि पोखरेललाई सप्तरी पठाइएको छ ।

कास्कीका ज्ञानप्रसाद ढकाललाई धादिङ, इलामका तुलसीराम सेढाईलाई उदयपुर, सल्यानका प्रजिअ हेमराज तामाङलाई अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ ।

उदयपुरका प्रजिअ चक्रपाणि पाण्डेलाई कपिलबस्तु पठाइएको छ । दैलेखका सन्तबहादुर सुनारलाई बर्दिया, चितवनका नारायणप्रसाद भट्टराईलाई सर्लाही र सर्लाहीका सुरेन्द्र पौडेललाई बारा पठाइएको छ भने बाराका प्रजिअ दीपकराज नेपाललाई स्याङ्जा सरुवा गरिएको छ ।

कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेललाई दाङ र दाङका सहसचिव जयनारायण आचार्यलाई मन्त्रालयमा काज खटाइएको छ ।

काभ्रेपलाञ्चोकका प्रजिअ लक्ष्मदेवी होमागाईलाई सल्यान, मन्त्रालयका प्रेमलाल लामिछानेलाई प्रजिअको रुपमा चितवन र गृहकै वासुदेव घिमिरेलाई दोलखा पठाइएको छ ।

यस्तै बाँकेका प्रजिअ हरिबहादुर प्याकुरेललाई दैलेख, जिल्ला प्रशासन कार्यालय काठमाडौँका जीवनप्रसाद दुलाललाई नुवाकोटको प्रजिअमा खटाइएको छ । नुवाकोटका प्रजिअ झङ्कनाथ ढकाललाई अध्यागमन विभागको निर्देशकमा ल्याइएको छ ।

रुद्रबहादुर मल्ललाई धादिङबाट अछामको प्रजिअमा, गोरखाका देवी पाण्डेलाई पर्वतमा र पर्वतका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई मन्त्रालयमा ल्याइएको छ ।

म्याग्दीका उमाकान्त अधिकारीलाई काठमाडौँको सहायक प्रजिअमा ल्याइएको छ । लहानबाट प्रेमप्रसाद देवकोटालाई जाजरकोटको प्रजिअमा पठाइएको छ ।

सम्बन्धित खबरहरु