काठमाडौ । पछिल्लो राजनीतिक घटनाको विकासक्रममा चुप लागेर बसिरहेका पूर्व राजा ज्ञानेन्द्र शाह खरो रुपमा उत्रिएका छन् । उनले आज व्यक्त गरेको विचारले अब ज्ञानेन्द्र प्रखर रुपमा मैदानमा नै उत्रिने तयारीमा छन् भन्ने देखिन्छ ।

उनले यी नेतागण देशका शत्रु हुन् सम्म भन्न थालेका छन् । आजसम्म ज्ञानेन्द्रले यति कडा शब्द अहिलेको शासन प्रणाली र शासनमा रहेकालाई व्यक्त गरेका थिएनन् । उनले उनीहरुको ताण्डव अब सह्य छैन समेत भनेका छन् ।

आज बिहानै ट्वीट गर्दै लेखेका छन् आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्र'हार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु हुन्। अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन । भिडियो अपलोड हुँदैछ । यो च्यानलमा प्रतिक्षा गर्नुहोला । 

https://twitter.com/GBBShah/status/1365865948293472262

 

सम्बन्धित खबरहरु