काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेताहरुले थुतुनो सम्हाल्न नसक्दा आफट्यारोमा परेका छन् । अध्यक्ष प्रचण्डदेखि लिएर पार्टीका शिर्ष नेताहरुको बयानले सबैलाई हैरान बनाउँदै आएको छ । यो बीचमा उक्त समूहका नेता रघुजी पन्तको आपत्तिजनक टिप्पणी आएको छ ।

उहाँले राष्ट्रियसभा सदस्य कोमल ओलीलाई लिएर सिंगो महिलाहरुको अपमान हुने गरी बयान दिनु भएको हो । गायिका पनि रहनु भएकी सांसद ओलीले सामाजिक सञ्जालमार्फत पन्तको निचताको पराकाष्टा भन्दै निन्दा गर्नुभएको छ ।

नेता पन्तले एका कार्यक्रममा पार्टीभित्र भएका असल नेतृहरुले मौका नपाए पनि अंग प्रदर्शन गर्दै हिडेकी गायिका ओलीले सांसदसहितका अन्य पद पाएको भन्दै आलोचना गर्नुभएको थियो । त्यसको जवाफमा ओलीले लेख्नु भएको छ, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ ।

पन्तजीलाई मेरो प्रश्नः तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’ पन्तले यो भन्दा पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथसँग जोडेर पनि अपाच्य खालको अभिव्यक्ति दिनु भएको थियो । उहाँले अर्को स्टाटस पनि लेख्नु भएको छ ः

पुर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् ।

तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ ।

वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?

सम्बन्धित खबरहरु