काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिनु भएको छ । उहाँले कुनै पनि मुद्दामा जितको आशा गर्नु मानवीय स्वभाव हुने भन्दै त्यसलाई व्यक्त गर्दा अदालतको अवहेलना नहुने भन्दै जवाफ दिनु भएको हो । अदालतको अवहेलना गर्ने कुरा आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालत पुगेर दाहालले लिखित जवाफ बुझाउनु भएको हो । जवाफमा दाहालले मुद्दाका पक्षले सन्तोष–असन्तोष व्यक्त गर्नु वाक् तथा प्रकाशन स्वतन्त्रता रहेको उल्लेख गर्नुभएको छ ।

माघ ९ गतेको आमसभामा आफूले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधानविरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको भन्दै उहाँले अदालतलाई धम्की दिएको भन्ने दाबी झूटो भएको जनाउनु भएको छ ।

सम्बन्धित खबरहरु