काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहका नेता रघुजी पन्तको बयानलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । पिडुँला देखाएका भरमा राष्ट्रियसभा सदस्य बनेको भन्दै टिप्पणी गरेका कारण उहाँ चर्को आलोचनाको सिकार भइरहनु भएको छ । समानुपातिक सांसद कोमल ओलीलाई लिएर गरिएको उक्त टिप्पणीले नेता पन्तलाई गम्भीर संकटमा पारेको छ ।

गायिका पनि रहनु भएकी ओली आफ्नो मानमर्दन गरेको भन्दै पन्तविरुद्ध अदालत जाने तयारीमा रहेको खुलेको छ । नेता पन्तविरुद्ध ओलीले मानहानीको मुद्दा दायर गर्न सक्ने संकेत दिनु भएको हो । एक कार्यक्रममा नेता पन्तले पिडुँला देखाएका भरमा ओलीलाई सांसद बनाइएको र लामो समयदेखि पार्टीभित्र रहेका नेतृहरुलाई अवसर नमिलेको भन्दै यस्तो टिप्पणी गर्नुभएको थियो ।

नेकपा नेता पन्तले कोमल ओलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको बताउनु भएको थियो । हाल कार्यक्रमका लागि दाङ्गमा रहनु भएकी ओली चाँडै काठमाडौं आएर नेताहरुको छलफलपछि अदालत जानसक्ने जनाइएको छ । यो बीचमा पन्तले आफ्नो बयानले ओलीमाथि चोट पुगेको भन्दै माफि पनि माग्नु भएको छ ।

सम्बन्धित खबरहरु