काठमाडौं । उच्च अदालतका न्यायाधीशकी श्रीमतीको स्कुटरबाट ब्राउन सुगर बरामद गरिएको छ । सुर्खेतका न्यायधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ पर्नुभएकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुनुहुन्छ । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीबाट ब्राउन सुगर बरामद भएको हो ।

प्रहरीका अनुसार २.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याइएको छ । हाल उहाँलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ । इप्रका, तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुनुहुन्छ ।

सम्बन्धित खबरहरु