काठमाडौं । प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँबाट बाघको छाला बिक्री गर्न ग्राहकको खोजी गरिरहेको अवस्थामा ३५ वर्षीय मोहन कार्कीलाई आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बाघको छाला बिक्री वितरणका लागि घरको कोठामा राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ कार्कीसँग टाउको र नङ्ग्रासहित आठ फिट लम्बाइ र तीन फिट चौडाइ भएको बाघको छाला बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु