काठमाडौं । ७० वर्षीय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ । सोमवार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनु भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिनु भएको छ । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेख्नु भएको छ, मैले पहिलो कोभिड–१९ खोपको खुराक एम्समा लिए । कोभिड–१९ बिरूद्ध वैश्विक लडाँईलाई सशक्त बनाउन हाम्रा डाक्टर र वैज्ञानिकहरूले द्रुत समयमा जसरी काम गरे उल्लेखनीय छ । म सबैलाई अपील गर्दछु जो खोप लिन योग्य छन्, लिनुहोस् । हामी सबै मिलेर भारतलाई कोरोनामुक्त बनाऔं ।’

https://twitter.com/narendramodi/status/1366200664402006016

सम्बन्धित खबरहरु