काठमाडौं । एक सार्वजनिक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा आफुले दिएको टिप्पणीबारे माफी माग्नु भएको छ । नेता पन्तले नराम्रो आशयले नबोलकेको भन्दै वलीलाई फोन गरेर समेत माफी मागिसकेको जानकारी दिनु भएको छ ।

उहाँले आफ्नो मुखबाट निस्केको केही शब्दले वलीलाई चोट पुग्न गएको भन्दै दुख व्यत्त गरेको बताउनुभयो । उहाँको आशय त्यस्तो थिएन, त्यसको लागि माफी माग्नु भएको हो ।

राजनीति गर्नेले केही बोल्दा विचार गर्नुपर्ने भन्दै बोलेका कुरा गलत भए बोलिसकेपछि पनि सच्याउनुपर्ने तर्क पन्तको छ । त्यसैअनुसार आफुले वलीसँग माफी मागेको पन्तले बताउनुभयो ।

लोकतन्त्रमा बोल्न पाइने तर आफुले बोलेका कुराले कसैलाई चोट पर्छ भन्ने सच्याउन सक्नुपर्ने उहाँको भनाई छ । उहाँले आफुलाई सच्याउनका लागि सरी भन्दा केही फरक नपर्ने तर्क व्यक्त गर्नुभयो । सरी भन्दैमा कोही सानो नहुँने भन्दै सरी भन्दा लोकतान्त्रिक संस्कार देखिने उहाँले जानकारी दिनुभयो ।

नेता पन्तले भिडियो इडिट गरेर आफुलाई चित्त नबुझेको मान्छेका बारेमा भिडियो राख्ने संस्कार बढेको पनि आरोप लगाउनु भएको छ । तर आफुले बोलेको केही शब्दले आफुलाई नै असहज महसुस भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु