सप्तरी । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते एपीएफ टोलीले श्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको छिन्नमस्ता गाँउपालिका १ बस्ने ५५ बर्षिया गितादेवी महतो छिन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठी कोईलाडीबाट
खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको र उनले सो रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकी महतोलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

सम्बन्धित खबरहरु