काठमाडौ । काठमाडौं, तार्केश्वर नगरपालिका-३ जितपुरफेदी महादेव खोलामा सोही ठाउँ बस्ने ६२ वर्षीय रामकृष्ण शाही सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-२० भलामस्थित मौजा कच्ची सडकको नालामा सोही ठाउँ बस्ने दाङ लमही घर भएका ३६ वर्षीय नन्दु घर्ती सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, रेसुङ्गा नगरपालिका-३ भाडगाउँ बस्ने २१ वर्षीया सम्झना खत्री सोही ठाउँस्थित वनमाराको झाडीभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् । गत माघ २९ गतेदेखि हराएकी खत्रीको खोजी गर्ने क्रममा घरदेखि अन्दाजी १ सय २० मिटर टाढा रहेको उक्त झाडीभित्र उनी मृत फेला परेकी हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु