जनबोली न्युज डेस्क, काठमाडौ । संविधान सहमति जुटाउने छलफल भईरहेको बेला दलहरुबीच असहमति गाँठो नफुक्दा एकिकृत  माओवादी लगायतpolitician-prachanda-giving-speech ३० दलीय मोर्चाले गत मंगलबार  देश्व्यापी बन्दले जनजीवन प्रभावित बनायो ।  एकिकृत माओवादीले संविधानसभामा पनि बहुमतिय  खेल खेल्न खोजिरहेकाले भिडन्त भएको बताएका    हुन् ।

 काठमाडौको अल्फबिटा कम्प्लेक्समा एक पत्रकार  सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले संसदवादी दलहरुको  गैर जिम्मेवारीका कारण भिडन्त भएको बताएका    हुन् । सरकार बनाउन र फाल्नको लागि बहुमत र  अल्पमतको खेल हुने भएता पनि सहमति अरु कुनै  विकल्प नरहेको बताएका थिए । अध्यक्ष दाहालले  दलहरुका बीचमा संविधानका विवादित विषयमा  सहमति नबनेसम्म संविधान सभाको अवरोध नहट्ने  प्रष्ट्याउँदै सहमतिको संभावना रहँदा पनि कांग्रेस एमालेले प्रक्रिया थाल्नाले अवस्था जटिल बनेको बताएका हुन् । अब भने सहमतिको संभावना बढेर गएको छ, अध्यक्ष दाहालले बताए ।

सम्बन्धित खबरहरु