काठमाडौं । चर्चित बलिउड अभिनेत्री करीना कपूर खान हालै दोस्रो पटक आमा बनिन् । उनले दोस्रो सन्तानका रुपमा एक छोरालाई जन्म दिइन् । करीना कपूर खान अहिले बच्चा जन्मेपछि सामाजिक सञ्जालमा सक्रिय छिन् । उनले आमा बनेपछि पहिलो पोष्ट सेयर गरेकी हुन् ।

उनले आफ्नै तस्विर साझा गर्दै फ्यानहरुको यादले सताएको बताएकी छिन् । करीनाले सबैलाई रुमरण गरिरहेको भन्दै नमस्कार भनेकी छिन् । करीना कपूर खान स्विमिङ्ग पूल नजिकै बसिरहेकी छिन् । उनले टाउकोमा बाबु टोपी लगाईरहेकी छिन् ।

करीनाले यो फोटो आफ्नो नयाँ घरबाट सेयर गरेकी हुन् । यद्यपि उनीहरूले नयाँ बच्चाको फोटो सेयर गरेका छैनन् । नयाँ बच्चाको नाम पनि सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । तर सैफ र करीना दुवैले दोस्रो बच्चाको नाम र तस्विर सार्वजनिक गर्न मानेका छैनन् । जानकारी अनुसार कोरोना भाइरस (कोभिड–१९) को सावधानी अपनाईदै छ । बाहिर आएको कुरामा विश्वास गर्ने हो भने, करीना अब इन्स्टाग्राममा छन् ।

उनले आफ्नो बच्चालाई पनि यस मार्फत दुनियासँग सेयर गर्दैछिन् । पिंकविल्लाका अनुसार उनले यो कहिले गर्छिन् भन्ने खुलेको छैन । प्रशंसकहरू, मिडिया र परिवार सबै उनको दोस्रो सन्तानको अनुहार हेर्न आत्तुर छ ।

स्रोत भन्छ कि सैफ बच्चा सम्बन्धी सबै सावधानी अपनाउन चाहन्छन । कोभिड–१९ को कारण दम्पतीले यो निर्णय लिएको हो । बच्चाको आगमन हुनुभन्दा अघि नै सैफ एकदम सतर्क थिए । कसैलाई पनि अस्पतालमा करीनालाई भेट्ने स्वतन्त्रता दिइएको थिएन् ।

सम्बन्धित खबरहरु