काठमाडौं । विमानभित्र अचानक बिरमी परेका यात्रुको निधन भएको छ । दुबईको शारजाहबाट लखनऊको लागि उडेको इन्डिगोलाई मंगलबार आपतकालिनका कारण पाकिस्तानको कराची, अवतरण गर्नुपर्‍यो ।

तर आपतकालिन अवतरण गरिएको भए पनि पीडित यात्रीले समयमै स्वास्थ्य सहयोग पाउन सकेनन् र उनको मृत्यु भयो । शारजाहबाट लखनऊ आउँदै गरेको इन्डिगोको उडान मंगलबार मेडिकल आपतकालिनको कारण पाकिस्तानको कराची विमानस्थलतर्फ फर्काइएको थियो ।

इन्डिगोको कथन अनुसार यात्रुले समयमै मेडिकल सहायता लिन सकेन र विमानस्थलको मेडिकल टोली त्यहाँ पुगेपछि यात्रुलाई मृत घोषित गरियो । विमान कम्पनीले भन्यो कि उडान ६ई १४१२ शारजाहबाट लखनऊ आउँदै थियो ।

तर अचानक यात्रु बिरामी परेपछि कराची तर्फ मोडिएको हो । इन्डिगोले आफ्नो विज्ञप्तिमा भन्यो, ‘हामी यस समाचारले धेरै दुःखी छौँ । पीडितको परिवारप्रति समवेदना प्रकट गर्दछौं ।’

 

सम्बन्धित खबरहरु