काठमाडौं । पछिल्लो नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहन सफल अभिनेत्री पूजा शर्माका प्रेमीलाई लिएर अनेक कुराहरु बाहिर आउँछन् । यसैबीच हालै पनि उनका बारेमा त्यस्ता कुराहरु बाहिर आएका थिए तर उनले दर्शकहरूले आफ्नो नाम र प्रेम सम्बन्ध अन्य सहकर्मीसँग जोडको विषयमा मुख खोलेकी छिन् । सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राममा तस्विरसहित स्टाटस लेख्दै उनले प्रतिकृया जनाएकी हुन् । पूजाले लेखेकी छिन्,

‘मेरा लागि सबैभन्दा माथि मेरा दर्शकहरु हुनुहुन्छ । दर्शकहरुको प्रेमकै कारण म आज यहाँ छु । चलचित्र क्षेत्रमा लागेपछि थुप्रै अग्रज, समकालिन साथीहरुसँग जोडिने मौका पाए । जसले मलाई अगाडि बढ्नका लागि सधै प्रेरणा, हौसला र साथ दिनुभयो । चलचित्र बजारमा मेरा बारेमा चल्ने विभिन्न खालका चर्चा परिचर्चालाई मैले सामान्य रुपमा ग्रहण गर्दै अगाडि बढिरहेको छु ।

कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीको रुपमा हेरिदिनुभएको छ । यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रुपमा लिएको छु । दर्शकले दिनुभएको सल्लाहा, सुझाव र मायालाई नै आत्मसाथ गर्दै म अगाडि बढ्नेछु ।

जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगे भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरु र मेरो दोश्रो घरको रुपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु । तपाइहरुले दिनुभएको प्रेम सधै पाइराख्ने अपेक्षा गरेकी छु । जय दर्शक । जय नेपाली चलचित्र ।’ अभिनेत्री पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग जोडिएर आइरहेको थियो ।

मेरा लागि सबैभन्दा माथि मेरा दर्शकहरु हुनुहुन्छ । दर्शकहरुको प्रेमकै कारण म आज यहाँ छु । चलचित्र क्षेत्रमा लागेपछि थुप्रै अग्रज, समकालिन साथीहरुसँग जोडिने मौका पाए । जसले मलाई अगाडि बढ्नका लागि सधै प्रेरणा, हौसला र साथ दिनुभयो ।

चलचित्र बजारमा मेरा बारेमा चल्ने विभिन्न खालका चर्चा परिचर्चालाई मैले सामान्य रुपमा ग्रहण गर्दै अगाडि बढिरहेको छु । कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीको रुपमा हेरिदिनुभएको छ । यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रुपमा लिएको छु । दर्शकले दिनुभएको सल्लाहा, सुझाव र मायालाई नै आत्मसाथ गर्दै म अगाडि बढ्नेछु ।

जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगे भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरु र मेरो दोश्रो घरको रुपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु । तपाइहरुले दिनुभएको प्रेम सधै पाइराख्ने अपेक्षा गरेकी छु । जय दर्शक । जय नेपाली चलचित्र ।

सम्बन्धित खबरहरु