काठमाडौ । सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग विहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग विवाह गरेकी हुन् । सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग विहे गरेको खबरले उनका फ्यानहरु चकित भएका छन् ।

उनले लामो समयपछि आफू समलिंगी भएको सार्वजनिक गरेकी हुन् । शरिनसँग निकट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् । तर, दुवै जनाको श्रीमानसँग पहिले नै डिभोर्स भइसकेको जुनु पुनले बताइन् ।

शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो । ‘मलाई पनि बोलाइएको थियो, म त जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।’ धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नो भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् । समलिंगी बिहेलाई देवीकी आमा–बाबाले सहर्ष स्वीकार गरेका छन् ।

उनका आमा–बाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ । जुनुकाअनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भूमिका निर्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले समाजमा हिम्मत गरेर उत्रिएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=uBodoJuks-A&feature=youtu.be

 

सम्बन्धित खबरहरु