काठमाडौं । नेपालमा कलाकारहरुलाई राजनीतिप्रति खास चासो हुँदैन् । तर केही व्यक्तिहरु कलाकारितासँगै राजनीतिमा पनि सफल भएका छन् । अभिनेत्री वर्षा राउत पनि त्यस्तै नाम हो ।

उनी खुलमखुल्ला राजनीतिमा नभए पनि समयसमयमा विभिन्न सामाजिक विषयहरुमा आफ्नो धारणा राख्दै आएकी छिन् । हालै उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको एक स्टाटस यतिबेला निकै नै चर्चामा रहेको छ । उनी लेख्छिन्, ‘तिम्रो राजनीति म बुझ्दिँन, अनि बुझ्दिँन यो राजनीतिमा आरोप प्रत्यारोप अनि व्यक्तिगत लान्छना किन लगाइन्छ ।

तर यती बुझ्छु, बर्षौं भान्साको चार पर्खालभित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पि’डा हुन्छ । शा’रीरि’क हिं’सा, दु’व्र्य’वहा’र र च’रित्र’ह’न’नको ड’र सधैँ भइरहन्छ । यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो । महिलाहरु भान्साबाट बाहिर आए र ठुल–ठूला पदमा पुगे ।’

उनले आजका दिनमा नेपालमा महिला राष्ट्रपति भएको कुरालाई कोट्याउदै कतिको मानसिकता अझै नबद्लिएको उल्लेख गरेकी छिन् । उनले थप्दै भनेकी छिन्, ‘धेरै संघर्षपछि आएको परिवर्तन हो यो, केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने छैन ।

तर आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिका अझै मानसिक विकास हुन भने बाँकी रहेछ, विश्वास भयो ।’ उनको यो भनाई नेकपा ओली पक्षकी नेतृ एवं राष्ट्रियसभा सांसद कोमल ओलीमाथि प्रचण्ड–नेपाल पक्षका नेता रघुजी पन्तले गरेको गलत्त टिप्पणीपछि आएको हो ।

तिम्रो राजनीति म बुझ्दिन अनि बुझ्दिन यो राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लान्छना किन लगाइन्छ । तर यती बुझ्छु, बर्षौं भान्साको चार पर्खाल भित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पि’डा हु’न्छ। शा’रीरि’क हिं’सा, दुर्’व्य’वहा’र र चरि’त्रह’त्या’को ड’र सधैँ भइरहन्छ।

यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो । महिलाहरु भान्साबाट बाहिर आए ,ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपती भए, अन्तरिक्षसम्म पुगे तर कतिको मानसिकता अझै बदलिएन ।

धेरै संघर्ष पछि आएको परिवर्तन हो यो, केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने छैन। तर आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिका अझै मानसिक बिकास हुन भने बाँकी रहेछ, बिश्वास भयो ।

सम्बन्धित खबरहरु