काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा स्नातकोत्तर अध्ययनका लागि अमेरिकी विश्वविद्यालय हावर्ड जानु हुने भएको छ । उहाँ स्नातकोत्तर अध्ययनका लागि विश्व प्रसिद्ध हावर्ड विश्वविद्यालयमा भर्ना हुनु भएको हो ।

इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहनु भएकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्ने जनाइएको छ । उहाँ आफैले इन्टाग्राममार्फत यसबारेमा जानकारी दिनु भएको छ ।

खतिवडा लेख्नुहुन्छ, ‘भर्खरै हार्वर्ड विश्वविद्यालय स्नातक स्कूल अफ डिजाइन, शहरी योजना मा स्नातकोत्तर को लागी स्वीकार गरियो । कसरी प्रतिक्रिया गर्ने थाहा छैन तर यो म अहिले सम्म भएको सबैभन्दा खुसीको कुरा हो ।’

उहाँकी आमा एवं नेकपा प्रचण्ड–नेपाल पक्षकी मकवानपुर अध्यक्ष मुनु सिग्देलले फेसबुकमा स्टाटस लेख्दै छोरीको सफलताबारे जानकारी गराउनु भएको हो । उहाँले लेख्नु भएको छ,‘हावर्ड युनिभर्सिटीको विद्यार्थी हुने भएकोमा छोरी श्रृंखलालाई धेरै धेरै बधाई छ।’

श्रृंखलाले पनि आफ्नो फेसबुक पेजमा हावर्ड विश्वविद्यालयमा भर्ना हुन पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । यसलाई म कसरी व्यक्त गरौं थाहा छैन, तर यो नै मेरो अहिलेसम्मकै सबैभन्दा ठूलो खुशी हो उनले लेखेकी छिन् । श्रृंखला सन् २०१८ की मिस नेपाल हुन्।

सम्बन्धित खबरहरु