काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले रुसमाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रुसका विपक्षी नेता अलेक्सी नेवलनी पक्राउ परेको विरोधमा अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरु लगाएको जनाइएको छ ।

बाइडेन प्रशासनले नेभल्लीमाथि विषाक्तता प्रयोग गरेको, विनाकारण कारागारमा राखेको लगायत गतिविधिहरुको जवाफमा आज रूसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गर्ने भएको हो ।

प्रतिवन्धहरुमा क्रेमलिनका ७ जना वरिष्ठ सदस्यहरू र रसायनिक तथा जैविक हतियार नियन्त्रण तथा युद्ध निवारण ऐन अन्तर्गत प्रतिबन्धको विस्तार पनि समावेश गरिएको छ ।

सम्बन्धित खबरहरु