काठमाडौं । सन् २०१४ मा चर्चित अमेरिकी मोडल किम कार्दाशियनको एक भिडियो निकै भाइरल भएको थियो । त्यस समयमा उनीमाथि आफ्नो बच्चा बिर्सेर हिडेको आरोप लागेको थियो । तर पछि उनी स्वयमले छोरीलाई पेरिसको एउटा होटलमा बिर्सेको भन्ने दावालाई इन्कार गरिन् ।

बाहिर सार्वजनिक भएको भिडियोमा उनलाई छिट्टै फर्केर भित्र प्रवेश गरेको देखाइएको छ । सुरुमा आउँदा खाली आएकी उनी दोस्रो पटक गएर आउँदा बच्चा पनि साथमा लिएर आउँछिन् । त्यसकारण यो घटना धेरैलाई हास्यास्पद लाग्यो ।

उनी पेरिसको होटेलबाट बाहिर जाँदै थिइन् तब उनले आफ्नो पर्खाइमा रहेको कारतिर नजर लगाइन् । तब उनले हतारमा कुनै कुरा बिर्सेजस्तो गर्छिन् । त्यसपछि उनी फेरि भित्र गएर छोरी साथमा लिएर आउँछिन् । उक्त भिडियो निकै नै भाइरल भएपछि उनले कारको सिटमात्रै हेर्न खोजेको भनेकी थिइन् ।

उनले ट्वीट गर्दै भनेकी थिइन्, ‘आज रेडियोमा सुनेको केही कहानी मैले मेरी छोरीलाई बिर्सेकी छु । तिमी म सँग जिस्केको ’ उनले अगाडि भनेकी छिन्, ‘म कारमा सिट चेक गरिरहेको थिए, निश्चित गर्न कारमा गएँ किनभने अघिल्लो दिन हामीसँग कारको सिटको समस्या थियो ।

के तपाईहरूलाई लाग्छ कि १ वर्ष उमेर भएको उनी आफैंले झोला भित्र थिए । ओह, ऊ पर्खिरहेकी थिईन् ।’

सम्बन्धित खबरहरु