काठमाडौं । ६.९ रेक्टर स्केल परिमाणको जोडदार भुकम्पको धक्का महसुस गरिएको छ । ग्रीसमा आज ६.९ रेक्टर स्केल परिमाणको भूकम्पले हल्लाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भुकम्पको धक्का एथेन्समा महसूस गरिएको थियो । भुकम्पपछि स्थानीयलाई लरिसाको सडकमा पठाइएको थियो । भूकम्पको जमिनबाट दुई किलोमिटर गहिराईमा भएको यूरोपियन भूमध्य सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जानकारी दिएको छ ।

लरिसाका प्रत्यक्षदर्शिहरुले भने कि भवनहरू हल्लिरहेका थिए र साथमा धुलो पनि उडिरहेको थियो । केही घरहरु पनि भत्केको अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भने कि मानिसहरू थरथर कामिरहेका छन् । भुकम्पले एथेन्समा मात्र नभई नजिकैको कोसोभो, मोन्टेनेग्रो र उत्तर म्यासेडोनियाको राजधानीमा पनि धक्का महसुस गरेको छ ।

सम्बन्धित खबरहरु