काठमाडौं । न्युजिल्यान्डमा ७.३ रेक्टर स्केल परिमाणको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान न्युजील्याण्डमा ७.३ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो ।

संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले सुनामीको सम्भावनाको चेतावनी पनि दिएको छ । भूकम्पको केन्द्रबिन्दुको १८० माईल भित्र रहेको थियो । सुनामी छालहरू आउँने सम्भावना धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।

सम्बन्धित खबरहरु