काठमाडौं । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।
उहाँको स्वास्थ्यमा सुधार भएकाले उहाँले सहज महसुस गर्दै जानुभएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ । उहाँलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो ।
झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उहाँलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उहाँलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।
त्यहाँ लगेको केही दिनमै उहाँको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ । राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उहाँकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ बर्ष हुनुभएको छ ।