काठमाडौं । सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सैनिकको मृत्यु भएका छ भने २ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सेनाको नियमित गस्तीका बिंगोल प्रान्ततर्फ उडेको हेलिकोप्टर दुर्घटनाको कारण भने खुलिसकेको छैन । मृत्यु हुनेमध्ये सेनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ ।

सन् २०१७ मा पनि सिरिया र इराकसँगको टर्कीको सीमा क्षेत्र नजिकै दक्षिण पूर्वी सिरनाक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको थियो । दुर्घटनापछि राष्ट्रपति रेसेप तैयव इर्डोगानले दुःख व्यक्त गर्नुभएको छ ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटना खराब मौसमका कारण भएको हुनसक्छ । तर पूर्ण जानकारी भने अनुसन्धानपछि नै बाहिर आउने अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु