काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच ३ बुँदे सहमति भएको छ । बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृह पुग्नुभयो ।

शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपाका महासचिव चन्दले सहमतिपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा महासचिव विप्लवले सम्बोधन गरिसक्नु भएको छ । उहाँले सरकारसँग भएको सहमतिमा आफ्नो पार्टी प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ ।

सम्बन्धित खबरहरु