काठमाडौं । नेपाल बार एशोसिएशनले सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच आज सम्पन्न वार्ताको स्वागत गर्दै सम्झौताको इमान्दारीपूर्वक पालना गरी कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा सरकार र नेकपा माओवादी विप्लव समूहसँग सम्झौता हुनु स्वागतयोग्य काम भएको र सम्झौताको इमान्दारपूर्वक कार्यान्वन गर्न आग्रह गरिएको छ ।

विगत केही वर्षदेखि नेपालमा देखिएको द्वन्द्व र शान्ति–सुरक्षा, अमन–चयनमा पुग्न गएको खलल एवं नागरिकहरुको मौलिक तथा मानव अधिकार हनन्का घटनामा आगामी दिनमा सुधार आउने विश्वास पनि बारले लिएको छ । भविष्यमा कोही पनि हिंसात्मक गतिविधिमा नलाग्ने वातावरण सिर्जना गर्न बारले सरकारसँग मागसमेत गरेको छ ।

विगत लामो समयदेखि मुलुकको शान्ति–सुरक्षा, अमन–चयनको अवस्था र नागरिकको मौलिक तथा मानव अधिकार हनन्को अवस्था अत्यन्त चिन्ताजनक रहिआएको थियो । आमनागरिक समाजले पनि त्यसप्रति सचेत र सजग रही बेला–बखतमा चासो र सरोकार राख्दै आएका थिए । सरकार र नेकपाबीच आजै तीनबुँदे सहमति भएको हो ।

सम्बन्धित खबरहरु