काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको अवलोकन गर्नुहुने भएको छ । मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने भएको हो ।

यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो । सुरुङबाट पानी आज सुन्दरीजल आइपुग्ने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने बताइएको छ । सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ ।

सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो । पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय गरिएको छ । सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यका लागि अझै केही समय फर्खिनु पर्नेछ ।

सम्बन्धित खबरहरु