काठमाडौं । पछिल्लो समय बढ्दै गएको राजनीतिक तनावबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको भेटघाट भएको छ ।

नेकपा अध्यक्ष पनि रहनु भएका प्रधानमन्त्री ओली स्वास्थ्य अवस्था बुझ्नका लागि जानु भएको बताइएको छ ।

उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो ।

शुक्रबार बेलुका प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुग्नुभएको थियो ।

गौतमका स्वकीय सचिव दीपक टमटका अनुसार केहीदिन अघि घरभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।

सम्बन्धित खबरहरु