काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै हिड्ने कुरा महंगो पर्ने देखिएको छ । नेकपा ओली पक्षले शनिबार तीन बजे बालुवाटारमा डाकेको संसदीय दलको बैठकमा एक सय १५ जना भन्दा बढि सांसदहरु उपस्थित हुने बताएको छ ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले आइतबारको संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । आजको बैठकमा ओली पक्षका एक सय १५ जना भन्दा धेरै सांसदहरु उपस्थित हुने जनाइएको छ ।

भट्टराईका अनुसार हालसम्म स्वतन्त्र बसेर पार्टी एकताका लागि आवाज बुलन्द गर्दै आउँनु भएका उपाध्यक्ष वामदेव गौतम पनि यो बैठकमा सहभागि हुन लाग्नु भएको छ । शुक्रवार बेलुका मात्रै नेता गौतम बिरामी भएको भन्दै प्रधानमन्त्री ओली भेट्न निवास भैँसेपाटी पुग्नु भएको थियो ।

सम्बन्धित खबरहरु