काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाकेन्द्र सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाकेन्द्र तोकेको हो । स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधिको विषय प्रवेश परीक्षाको परीक्षा केन्द्र तोकिएको त्रिविले जानकारी दिएको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले मिति २०७७ साल फागुन २४ गते सोमबार दिउँसो १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधिको विषय प्रवेश परीक्षाकेन्द्र निम्न अनुसार तोकिएको कुरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु