काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा संचालन गरिने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरुलाई सीसी क्यामेरा जडान गर्नुपर्ने भएको हो ।
त्रिविले सम्पूर्ण परीक्षा केन्द्रहरुलाई २०७७ चैत २० गतेभित्र परीक्षा संचालन कक्ष र प्रवेशद्धारको दृश्य आउने गरी कम्तिमा डेढ महिनासम्म रेर्कड गर्न मिल्ने गरी क्यामेरा जडान गर्न निर्देशन दिएको हो ।
त्यसको अनुगमन सम्बन्धीत परीक्षा नियन्त्रण कार्यालयलाई दिई परीक्षा संचालन गर्न निर्देशन पनि दिइएको छ । त्रिवि केन्द्रीय परीक्षा संचालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
यदी सो निर्णय अनुसार व्यवस्थापन भएन भने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परीक्षा केन्द्रबाट बन्चित गर्ने चेतावनी पनि दिइएको छ ।
परीक्षा संचालन कक्ष उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रदेश द्वारको सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सिसी क्यामरा जडान गर्न भनिएको छ ।