२२ फागुन (रासस÷एएफपी) ः इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गर्नुभएको छ ।

मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उहाँले शनिबार भेटेर सम्वन्ध सुधारका लागि हात फैलाउनु भएको हो ।

उहाँको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।

इराकको भ्रमणमा रहनु भएका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उहाँकै निवासमा गएर भेट्नु भएको हो ।

पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतिक्षित थियो ।

सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिनु भएको थियो । त्यहाँ उहाँलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।

सम्बन्धित खबरहरु