काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको पनि बताउनुभयो ।

शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पार्टी प्रवेश गराउँदै यस्तो बताउनु भएको हो । विप्लव आफुले कोरेकै गोरोटोमा आएको बताउँदै अध्यक्ष प्रचण्डले धन्यवाद दिनुभयो ।

आफु चन्दलाई छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा खुलाउनुभयो । विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको पनि उहाँले याद गर्नुभयो ।

सम्बन्धित खबरहरु