काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौ झरेको छ । काठमाडौको सुन्दरीजलमा पानी आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो ।

आयोजनाका अधिकारीहरुका अनुसार सुरुङबाट आएको पानी सुरुमा बागमती नदीमा फालिनेछ । सुरुको पानी फोहोरसहित आउने भएकाले बागमतीमा खसालिएको छ । पानी बागमतीमा खसालिएकाले बागमती बढ्ने भएकाले सचेत रहन अपिल गरिएको छ । सुन्दरीजदेखि बल्खुसम्म नै माइकिङ्ग गरिएको छ ।

सम्बन्धित खबरहरु