काठमाडौ । सिन्धुपाल्चोकको मेलम्ची खोलालाई काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा पहिचान गरेको ३२ वर्ष बितेछ । पानी राजधानी लैजाने योजनासहित विकास समिति गठन गरेर आयोजनाको समग्र भौतिक निर्माणको काम सुरु भएको पनि २० वर्ष नाघिसकेको थियो । सुरुङ बनाउन थालेको १२ वर्ष पूरा भएको थियो ।

यस अवधिमा हरेक दलका सरकारले राजधानीवासीले मेलम्चीको पानी छिट्टै पिउन पाउने उद्घोष गर्दै आए । यही उद्घोषले मतपनि बटुले । यस अवधिमा कांग्रेस, कम्युनिस्ट र राजाको सरकारसमेतले मेलम्चीलाई आफ्नो राजनीतिक मुद्दा बनाए । तर अह कहिलै आएन ।

अब मात्र १० प्रतिशत काम बाँकी भनेकोपनि बर्षौ सुन्नु पर्यो । ट्यांकर, जार र बोटल पानी व्यबसायीका दलालहरुको अर्बौ रकम घुस पोक्याएर अनेकौँ बहानमा मेलम्ची पूरा गर्न नदिएका तथ्य बेला–बेला बाहिर नआएकापनि हैन । उक्त दलालका आँखा छोप्न केपी शर्मा ओली नेतृत्वको सरकार भने सफल भएको छ ।

ओली आफैले बारम्बार तदारुकता दिएर लगातार अढाई बर्ष ताकेता गरेर आजबाट मेलम्चीको पानी काठमाडौमा झारेका छन् । अब केही दिनमा नै काठमाडौका धारामा मेलम्चीको पानी खसाल्न कसैले रोकेर रोकिने छैन । यो खबर सुन्नासाथ सामाजिक सञ्जालमा प्रधानमन्त्रीको ओलीको प्रसंशामा शब्दहरु पोष्ट हुन थालेका छन् ।

अधिकांशले खुशीयाली मनाएका छन् । केहीले त मृत्युको अन्तिम घडीमा चुहाईने तुलसीको पातबाट घाटिमा राखिएको पानीको थोपा सके निलौला नसके मुखमै राखौला तर त्यो क्षणपनि केपी शर्मा ओली सम्झिने भए भनेर लेखेका छन् । काठमाडौ बास्तवमै काकाकुल बनेको थियो ।

महिनामा सानो परिवारले समेत दुई देखि ४ ट्यांकर पानी किन्नु पर्दथ्यो । ४ देखि १० हजारसम्म एक महिनामा पानी किन्न खर्च गर्नु पर्दथ्यो । अब ट्यांकरमा पानी किनेर राख्नुपर्ने युग समाप्त भएको छ । अब जन्मिने छोरा नातीहरुले त्यो कथाको रुपमा सुन्नेछन् ।

सम्बन्धित खबरहरु