काठमाडौ । दार्चुलामा साँझ जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ अरू ४ जना घाइते भएका छन्। शनिबार बेलुका सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप दुर्घटना भएको हो।

३८ वर्षीय करन नाथले चलाएको उक्त जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइतेलाई गोकुलेश्वर अस्पताल पठाएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। मृत्यु हुनेमा जीप चालक चालक नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन्।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ बस्ने वर्ष ७२ का बुद्धि बल्लभ पन्त, पदम राज पन्तको छोरा वर्ष १२ का मुकेश पन्त र अर्का छोरा वर्ष ७ को बसन्त पन्त र वर्ष ७० की गंगादेवी पन्त रहेका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए।

 

सम्बन्धित खबरहरु