काठमाडौं । सरकारसँत तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा लागेको नेकपा विप्लव समूह प्रचण्डका लागि महंगो पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशका दलहरुलाई काउन्टर गर्न सिके राउतसँग हात मिलाएको बताउनेहरु अहिले विप्लवसँग हात मिलाउन खोज्नुका पछाडि प्रचण्डलाई तह लगाउनु भएको बताउँछन् ।

विप्लवले मात्रै नभएर प्रायः पूर्व माओवादीहरु प्रचण्डसँग सन्तुष्ट छैनन् । उनीमाथि लडाकुका नाममा पै्रसा खाएको आरोप पटकपटक लाग्दै आएको छ । आरोप प्रचण्डलाई उनकै पूर्व सहकर्मीहरुले लगाउँदै आएका छन् ।

बाबुराम भट्टराईदेखि लिएर विप्लवसम्म सबैले प्रचण्डमाथि भ्रष्टाचारका गम्भीर आरोप लगाउने गरेका छन् । पछिल्लो समय पनि प्रचण्ड सक्रिय राजनीतिमा रहँदा ठेकदारहरुसँग मिलेर लाभ लिन खोजेको आरोप नलागेको होईन् ।

यो बीचमा अहिले विप्लव समुहका प्रवत्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एक भिडियो क्लिप खुबै भाइरल भइरहेको छ । भिडियोमा प्रचण्डले दुबईमा पैसा लुकाएर राखेको आरोप लगाइएको छ । प्रकाण्डले प्रचण्डमाथि ४१ अर्ब रकम दुबईमा लुकाएको भन्दै केही वर्ष पहिले दिएको बयान चर्चामा रहेको छ ।

भाइरल भिडियोमा प्रकाण्ड भन्छन्, ‘प्रचण्डजीसँग अर्बौ अरब पैसा छ । अहिले उहाँले दुबईमा राखेको ४१ अर्ब रुपैयाँ कसरी नेपाल भित्राउने भन्ने ठुलो टेन्शन छ ।

उहाँले जिम्मा दिनु भएको छ वामदेवजीलाई, अनी प्रचण्डजी तपाईंहरुलाई त्यो ४१ अर्ब दुबईको बैंकमा राख्ने पैसा कहाँबाट आयो ? तपाईं हिजो माओवादी पार्टीको नेता हुने वेलामा तपाईंको परिवारलाई वर्षभरी खाना पुग्दैन्थ्यो हेर्नुभाछ रु त्यो याद छ कि छैन ?

सम्बन्धित खबरहरु