काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ । त्रिविले लेख रचना पठाउने सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गरेको हो । त्रिवि पाठ्यक्रम विकास केन्द्रद्धारा उक्त सूचना जारी गरिएको हो ।

सुचनामा भनिएको छ, ‘यस पाठ्यक्रम विकास केन्द्रबाट वार्षिक रुपमा प्रकाशन हुने पाठ्यक्रम विकास पत्रिका (जर्नल) को २०७८ सालमा प्रकाशन हुने वर्ष २९, अंक ४३ मा समावेश गरिने लेख रचनाहरु त्रिविका आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पस, केन्द्रीय विभाग तथा कार्यक्रमहरुमा आबद्ध शिक्षक, अनुसन्धानकर्ता एवम् देहाय बमोजिमको मार्गदर्शन अनुसार उच्च शिक्षाको पाठ्यक्रम सम्बन्धी अनुसन्धानमुलक लेख रचना आगामी २०७७ चैत्र मसान्तभित्र कार्यालय समयमा उपलब्ध गराइ दिनुहुन सम्बद्ध सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।’

 

सम्बन्धित खबरहरु