काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन्।

संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी रहेपछि अपेक्षाभन्दा फरक आएको बताएका छन् ।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’ उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’ सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको छ ।

ऋषि कट्टेललाई मान्यता दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र नै ब्युँतिएको पनि अदालतको फैसलामा स्मरण गराइएको छ । फैसलाबाट एमाले र माओवादी केन्द्र नै ब्युँतिएर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपालाई सर्वोच्चले खारेज गरिदिएको हो ।

योसँगै अब तत्कालिन एमाले र माओवादी केन्द्र नै कायम रहेको छ । यदि एकता गर्ने हो भने कानुनसंगत ढंगले निर्वाचन आयोग जान फैसलामा भनिएको छ ।

सम्बन्धित खबरहरु