काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच भएको एकता पनि बदर भएको छ ।

सर्वोच्चको फैसलाको पूर्णपाठमा आयोगले एकीकरणको मान्यता दिनुपूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको उल्लेख गरिएको छ । यी दुई पार्टी २०७५ जेठ ३ गते एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी बनेका थिए ।

सर्वोच्चको फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ ।

 

सम्बन्धित खबरहरु