काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानूनी रुपमा औपचारिक बिभाजन नहुँदै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि देशैभर खुसियाली मनाइएको छ ।

सर्वोच्चले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्व गर्नुभएको नेकपालाई खारेज गर्दै एकतापूर्वकै अवस्था कायम रहने फैसला गरेको थियो ।

अदालतको यो फैसलाको स्वागत गर्दै युवा, बिद्यार्थीदेखि आम नागरिकले आज देशैभर दिपावलीसहित खुसियाली मनाएका छन । युवा बिद्यार्थीहरुले अनेरास्वबियू अध्यक्ष ऐन महरको नेतृत्वमा काठमाडौंको माइतिघरमा दिपावलीसहित खुसियाली मनाएका हुन । हेर्नुहोस् भिडियो ।

सम्बन्धित खबरहरु