काठमाडौं । हालै सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि राजनीति नयाँ मोडमा पुगेको छ । यो बीचमा माधवकुमार नेपाल समूह नेकपा (एमाले) मै पुग्ने मनस्थितिमा पुगेको देखिएको छ ।

नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ओली प्रवृत्ति’ विरुद्ध लड्ने मनस्थितिमा रहेको बताउनुभयो । पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठक विदाइ बैठक पनि सक्ने देखिएको छ ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल भएको थियो । पूर्व प्रधानमन्त्री पनि रहनु भएका नेपाल एमालेमै रहेर ओलीसँग लड्ने मुडमा हुनुहुन्छ ।

सम्बन्धित खबरहरु