काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।

बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् । यो बीचमा माधवकुमार नेपाल समुह प्रचण्डलाई छोडेर एमालेमा फर्केर ओलीविरुद्ध मोर्चा कस्ने तयारीमा रहेको पनि जनाइएको छ ।

सम्बन्धित खबरहरु