काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लागेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २० हजार जनमुक्ति सेनाको १९ अर्ब पैसा प्रचण्डले खाएको आरोप लगाउनु भएको हो ।

उहाँले शिविरमा रहेका लडाकुका लागि विनियोजित १९ अर्ब खोई भनी प्रचण्डलाई कडा प्रश्नसमेत गर्नुभएको छ । विप्लवले बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको भन्दै जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कस्ले खायो ? भन्दै प्रश्न गर्नुभयो ।

आफुहरु त्यसकाविरुद्ध लडेको र उठेको पनि स्पष्ट पार्नुभएको छ । विप्लवले प्रचण्डले लडाकूको नाममा राखिएको रकम आफैले खाएको खुलासा यसअिघ तात्कालिन माओवादीका धेरै नेताहरुले गरिसक्नु भएको छ ।

सम्बन्धित खबरहरु